पुलचोक क्याम्पस ललितपुर,ईन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीहरु मार्फत संयुक्त रुपमा मुसहर बस्ती निमार्णका लागि सहयोग
जसको नशामा छ देशको माया, जसको मनमा छ देश बनाउने अठोट । यहि सपना साकार पार्न अघि सर्ने सहयोगी ति सुनौला हातहरु... पुलचोक क्याम्पस ललितपुर, प्रथम बर्ष सिभिल ईन्जिनियरिङ पढ्दै गरेका सेक्सन 'घ' का विद्यार्थी साथीहरु मार्फत संयुक्त रुपमा १ हजार २ सय १० रुपैया एकीकृत नमूना मुसहर बस्ती निमार्णका लागि गर्नुभएको यो सहयोग प्रति हामी निकै गौरवान्वित छौं ।

सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरौं,सबैको मुहार मा मुस्कान ल्याउने धुर्मुस सुन्तलिको यस महान कार्यमा साथ दिऔं। सक्नेले आर्थिक/सामाग्री/श्रमदान गरौं नसक्नेले हौसला प्रदान गरौं,यहि नै हो पुण्य कर्म अनि धर्म।www.missyounepal.com परिवार को तर्फ बाट पनि हार्दिक सम्मान एवं आभार प्रकट गर्दछौं।
Post a Comment