Articles by "Helping hand"

Showing posts with label Helping hand. Show all posts

हे सुद्ध चित्त,हे बुद्ध चित्त,तपाईको जय होस् !
लक्ष्मी प्रतिष्ठान आएका मानवीय गतिविधिहरुकालागी  रु २०,०००/ उपलब्ध गराउनु भएकोमा काठमाडौँ बनस्थली  बस्नुहुने श्रद्दिय साकार खनाल ज्युलाईहाम्रो हार्दिक सलाम ! यहाँले  कमै उमेरमा  आफ्नो  सामाजिक दायीत्व महसुस गर्दै   समाजकालागी गर्नु भएको योगदानले   हामीलाई अशिम  उर्जा प्रप्त्सा भएको छ  भविष्यमा पनि  हजुरको यो कदमले हामीलाई अझ  सक्रिय  हुन  प्रेरणा मिलेको छ। हामी  यहाँको   यो पवित्र  कदमलाई  सदैव सम्मन  गर्दछौ। हजुरको जय होस् !

बिष्णु गौतम
लक्ष्मी प्रतिष्ठान ,परिवार।

हे सुद्ध चित्त, हे बुद्ध चित्त हजुरलाइ जन्मदिनको मुरी मुरी शुभकामना  !
क्यानाडा को टोरेंटो  निवासी श्रद्दीय प्रध्युम्न रेग्मी ज्युले आज परेको  आफ्नो ४७ औं जन्म दिनको अवसरमा लक्ष्मी प्रतिष्ठानद्वारा  जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत   चेपाङ्ग बाल्बालिकाहरुलाई शिक्षामा पहुच गराउन हेतु  संचालित छात्रावासमा बस्दै  आएकी छात्रा शुश्री  बुद्धिमायाँ प्रजालाई शैक्षिक छात्रवृत्ति  (५०० डलर )उपलब्ध गराउनु भएको छ। यसरि  आफ्ना जीवनका उत्सवलाई परोपकारी कार्यगरी मनौनुहुने श्रद्दिय रेग्मी ज्यु   प्रति  हामी  हार्दिक  आभार ब्यक्त  गर्दछौ।   कुमार बलराम स्मृति छात्रावास   स्थापना कालदेखिनै प्रहुमन+ स्वेता छोराछोरी  सबैको जन्म दिन यसरीनै  मनाउदै,  गरिब  बालबालिकाहरुलाई  शिक्षामा  पहुँच गरौन  सहयोग पुर्याउनुहुने  हुने  रेग्मी परिवार प्रति  हाम्रो  लाखौ सलाम ! सबै को जय होस् ! 

बिष्णु गौतम

लक्ष्मी प्रतिष्ठान ,परिवार

हे सुद्ध चित्त, हे बुद्ध चित्त हजुरको  जय होस्   !
लक्ष्मी प्रतिष्ठानद्वारा  जिल्लाको राप्ती नगर पालिका १३ कान्दामा अति सिमान्तकृत   चेपाङ्ग बाल्बालिकाहरुलाई शिक्षामा पहुच गराउन हेतु  संचालित कुमार बलराम स्मृति छात्रावासमा बस्दै  आएका  प्रजालाई  संयुक्त राज्य अमेरिकाको टेक्सासको  ड्यालस  निवासी श्रद्दीय विवेक +सविता अर्याल  दम्पतीले आफ्ना सुपुत्र आरोहणको साथीका रुपमा स्वीकार गरि अघिल्लो  वर्ष देखि स्पोन्सर गर्दै आउनु भएकोमा  अभियानलाई निरन्तरता दिदै पुन $५०० उपलब्ध गराउनु भएको छ।   यसरि सानै उमेर देखि   आफ्ना सुपुत्रलाई परोपकारी मार्गमा अगाडी बढाउनुहुने अर्याल परिवार प्रति हाम्रो  उच्च सम्मान  छ। हामीलाई  बिश्वास छ मानवीय सेवामा समर्पित  उहाँको यो सहयोगले एक दिन  देशले  रबिन प्रजाका रुपमा  सक्षम  व्यक्तित्व  प्राप्त गर्ने छ भने  उनि मार्फत  कांदा  जस्ता  थुप्रै भूभाग रुपान्तरण  हुदै जानेछन,जसको   समग्र समाजमा देखिनेछ ।यसरि  आफ्नो पसिनाको कमाईको केहि भागलाई सत्कर्ममा लगाई समाज रुपान्तरण मा हामीलाई प्रेरित गर्नुहुने   महान विचारका धनि अर्याल   परिवारलाई  हाम्रो  लाखौ सलाम ! सबै को जय होस् ! 

बिष्णु गौतम

लक्ष्मी प्रतिष्ठान ,परिवार

संयुक्त संयन्त्र युएई को पहलमा बाढी पीडितहरुका लागी संकलीत रकम चितवन समाज युएई द्वारा चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिलाई वितरण गर्ने जिम्मेवारी दिएको थियो। आज उक्त जिम्मेवारी पुरा गर्दै भरतपुर २८ को सिसाबास निमाविका बाढी पीडित बालबालिकाहरुलाई तयारी गरी सिलाएर ड्रेसका साथै उक्त क्षेत्रका सुकुमबासी परिवार लगायत अती विपन्न बाढी पीडित परिवारलाई खाध्य समाग्री वितरण गरेको छ।

साथै सोही अवसरमा चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समिति ले अन्द्रौलि प्राथमिक बिद्यालयका बालबालिकाका निम्ति कापी कलमहरु तथा स्कुल लाई स्टेसननरी सामान वितरण गरियको कुरा निमकान्त पाण्डे जिले मिस यु नेपाल डटकम लाई जानकारी दिनुभयो ।

- चितवन समाज युएई

जागरुक नेपाली अन्तरास्ट्रिय अभियान ले बाढी पीडित स्कुल बच्चाहरु लाई आज   ब्याग तथा शैक्षिक सामग्री समेत  बितरन गरेको छ| बिराटनगर मा बाढि ले अतिनै प्रभातित श्री जन जागृति आधारभुत  बिधालय मा ३४ जना विद्यार्थी हरुलाइ ब्याग कपि पेन्सिल हस्तान्तर गरिएको  छन् संयोजक हरु शेखर छेत्री, नबराज काफ्ले , अन्जनी अधिकारी रमेश गिरि, बिदुर पौडेल रहेका छन।

- राजिब मेहता

सुदिश निरौला मेमोरियल ट्रष्टले तराइको बाढि ग्रस्त क्षेत्रमा राहत वितरण तथा स्वास्थ्य शिविर संचालन गरेको थियो त्यस राहत वितरण अभियान मा हामिलाई आर्थिक सहयोग गर्नुहुने सहयोगी मनहरु लाई सुदिश निरौला मेमोरियल ट्रष्ट हार्दिक आभार प्रकट गर्दछ ।

कार्यक्रम सन्चालन गरेको स्थान -
१, झिगडिया ,रौतहट
२, भट्टाचोक यतिमार्ग ,मोरङ बिराटनगर
३, झापा गाउँपालिका शरणामति , मदरगाछ ।

आर्थिक सहयोग गर्नुहुने दाता हरु -
१, गणेश प्रसाईं - NRNA Ireland पुर्ब अध्यक्ष
२, निरन इतानी - गायक
३, दिपक शर्मा - संगीतकार
४, सुरज कोइराला - क्याप्टेन
५, उदयराज पौडेल - एरेन्जर
६, रामकृष्ण पाण्डे अमन एकल - गजलकार
७, निरज कोइराला - ब्यवसायी
८, अथाह सागर तिर्थमान - गजलकार
९, प्राश्ना शाक्य -गायिका
१०, जुना प्रसाईं- गायिका
११, कमला सापकोटा -गायिका
१२, सिर्जु खरेल
१३, सरु लामा- फेसन डिजाइनर
१४, मनिसा शाह
१५, प्रकाश चन्द्र ठकुरि
सम्पुर्ण सहयोगी मनहरुलाई हामी ट्रष्ट परिवार हार्दिक धन्यवाद टक्र्याउदछौ ।

- सुदिश निरौला मेमोरियल ट्रस्ट

कावासोती नगरपालिका वडा नं. ५ निवासी गणेश बहादुर कुमाल को छोरा यस कालिका मा. बि. को कक्षा ७ मा अध्यनरत छात्र डिल बहादुर कुमालको मुटुमा समस्या देखिएको र उपचारको लागि आर्थिक अभावको कारणले उपचार नगरि घरमा नै बसिरहेको अवस्थामा हस्पिटल सम्म पुग्नका निम्ति अभिभाबकलाइ सम्पुर्ण कालिका मा. बि. परिवार बाट आर्थिक नगद रु १०,०४५। (अक्षरुपी : दश हजार पैंतालीस रुपिया मात्र) हस्तान्तरण गर्दै प्र. अ. लेखराज पोख्रेल ।

जानकारी: सुरज भुजेल , कावासोती, नवलपरासी।

लालीगुराँस फाउन्डेसन चितवन द्वारा इटहरीका बाढीपिडित सुकुम्बासीहरुलाई राहत स्वरूप खाद्यान्न वितरण

भदौ २३ सुक्रबार
लालीगुराँस फाउन्डेसन चितवन नेपालले सुनसरीको इटहरी स्थित शिवनारायण टोलमा रहेका बाढीपिडित सुकुम्बासीहरुलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ | आइबोस ग्लोबल टिम कतार र लालीगुराँस फाउन्डेसनका सदस्यहरुबाट राहत स्वरूप संकलित रकमबाट खाध्यान सहयोग गरिएको छ | इटहरी बजारबाट १० मिनेट पूर्वमा बुढीखोलाको किनारमा रहेका शिबनारायण टोलको बस्ति अविरल वर्षाका कारण आएको बाढीले एकाएक घरबार बिहिन हुनपुगेका थिए | इटहरी निबासी बिशाल अधिकारीको समन्वयमा सहि बाढीपिडितको पहिचान गरी फाउन्डेसनकि अध्यक्ष लक्ष्मी न्यौपाने ले स्थलगत निरिक्षण सहित राहत सामाग्री  चामल, तेल,नुन  जस्ता दैनिक उपभोग्य खाद्यान्न सहयोग गरिएको बताउनुभयो। |

साथै ब्लड pole का लागि अन्लाईन ब्लड रजिस्ट्रेसन कार्यक्रम   www.laligutansgoundation.com मा चलिरहेको  र एम्बुलेन्स  सेवा पनि निकट भबिस्यमा संचालन गर्ने योजनापनी रहेको कुरा जानकारी गराउनुभयो।

युवाद्वारा बाढिबाट प्रभावित बालबालिकहरुलाई शैक्षिक सामाग्री वितरण

बाढिबाट प्रभावित मध्यबिन्दु नगरपालिका न. पा. २ सेरी का ५० जना विद्यार्थिलाई आज एक कार्यक्रम गरी शैक्षिक सामाग्री वितरण  गरिएको छ । परिवर्तनका लागी युवा नेपाल ,जागृती बाल तथा युवा सरोकार नेपाल , बेटर नवलपरासी लगायत संस्थाका युवा अभियन्ताहरुले बालबालिकाहरुको सहयोगका लागी '१० दिन १०० बालबालिकालाई हजारौँ खुशी " अभियान सन्चालन गरी विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरुबाट संकलित आर्थीक सहयोगबाट विद्यार्थिहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको परिवर्तनका लागी युवा नेपालका अध्यक्ष राजु चापागाईले बताउनुभयो । बालबालिकालाई बाढिबाट परेको मनोवैज्ञानिक त्रास कम गराइ सहज रुपमा विद्यालय जाने वातावरण सिर्जना गर्न युवाहरुद्वारा मध्यबिन्दु नगरपालिका र सुस्ता गाउपालिकाका १०० जना विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले सन्चालित अभियानमा जम्मा भएको रकमबाट आज पहिलो चरणमा मध्यबिन्दु नगरपालिकाका ५० जना बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिएको जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले जानकारी दिनुभयो । कार्यक्रम  मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाको प्रमुख आतिथ्यता , वडा न २ का वार्ड अध्यक्ष नारायण पौडेल को विशेष आतिथ्यता , जिल्ला खेलकुद विकाश समितिका कोषाध्यक्ष विकाश खड्का , संगिता पाठक लगायत युवा अभियन्ताहरु,  बालबालिकाहरु ,अभिभावकहरुको उपस्थितिमा बेटर नवलपरासीका अभियन्ता विश्वास लामिछानेले सन्चालन गर्नु भएको थियो । युवाहरु द्वारा बालबालिकाहरुको शैक्षिक गतिविधिलाई सहयोग गर्न अभियान सन्चालन गरेकोमा नगर प्रमुख   रानाले आयोजक तथा सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

- राजु चापागाँई अनन्त

बिगत लामो समय देखि मुटु को भल्ब खराब भै हस्पिटल मा भर्ना भएका पाचथर का भाइ किरण ह्याम्बा का लागि हेल्पिङ हेन्डसले विभिन्न श्रोत बाट रु. १०,१०५/- जम्मा गरि आज बिमारी लाई कन्चन्जङ्गा हस्पिटल मा गइ उक्त रकम हस्तान्तरण गरेको छ।
सह सचिब मन्दिप बुडाथोकी भद्रपुर उपसमिति का  सचिब कृष्ण काफ्ले, सद्स्य सृजना शिवाकोटी , मिलन ओझा, विवेक नेपाल को उपस्थिती मा उक्त रकम हस्तान्तरण गरिएको हो।

- हेल्पिङ हेन्ड्स।

Contact Form

Name

Email *

Message *

Powered by Blogger.